काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा बढाएको छ । नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको हो । जसमा सबैभन्द धेरै विराटनगर धनगढीको भाडा १२५ रुपैयाँले बढेको छ । योसँगै यसतर्फको रुटमा ८ हजार २४० रुपैयाँ भाडादर कायम भएको छ ।
काठमाडौ–धनगढी ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ । विराटनगर–भैरहवा ८० रुपैयाँ बढेको छ । सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौं–सिमराको भाडा १५ रुपैयाँले बढेको छ ।