![](https://nayasadak.com/assets/image/logo.png)
जनकपुरधाम । आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा मधेश प्रदेश सरकारले प्रदेश भर सार्वजनिक बिदा दिएको हो ।
स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ । दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij