
काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन् ।
इर्खुवा हाइड्रोले प्रति शेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij