
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको २०८१ साल मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १२५ प्रतिशत अर्थात १ :१.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो ।
यस कम्पनीले प्रबद्र्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट ४ मेगावाट बराबरको विद्युत २०७४ साल मंसिरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij