Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपालकी प्रथम महिला राजदूत बिन्दास्वरी शाहको निधन

नेपालकी प्रथम महिला राजदूत बिन्दास्वरी शाहको निधन

  • काठमाडौँ । नेपालकी प्रथम महिला राजदूत बिन्दास्वरी शाहको बिहीबार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ ।सेन्ट हेलेन्स कन्भेन्ट स्कुलबाट १९५१ मा स्कुले शिक्षा पूरा गरेपछि ‘भोलिको संसार’ शीर्षकको निबन्ध प्रतियोगिता जितेर उच्च शिक्षाका लागि अमेरिका जाने अवसर प्राप्त गरेकी शाह फर्केर कूटनीतिज्ञ क्षेत्रमा प्रवेश गरी नेपालकी प्रथम महिला राजदूत बनेर इतिहास रचेकी थिइन्।

    राणा शासनकालमा देश निकाला गरिएको परिवार मध्ये एकबाट उनले १९५६ मा बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक (लिबरल आट्र्स) गर्ने पहिलो नेपाली महिला बनिन्। त्यसपछि, उनले १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीको स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर हासिल गरिन्। उनको शिक्षा र बुद्धिमत्ताले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मानित गराएको पर्यवेक्षकहरूको भनाइ छ ।

    नेपाल फर्किएपछि श्रीमती शाह १९५९ मा परराष्ट्र मन्त्रालयमा प्रवेश गरी सन् १९६१ देखि १९६५ सम्म वासिंटन  डीसीस्थित नेपाली दूतावासमा सेवा गरेर उनले आफ्नो कूटनीतिक यात्रा सुरु गरेकी थिइन् ।सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएपछि उनलाई ढाकामा पहिलो नेपाली कार्यवाहक राजदूतको रूपमा खटाइएको थियो।

    शेख मुजिबुर रहमानको हत्या र सैनिक विद्रोहजस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि उनले दूतावासको नेतृत्व कुशलतापूर्वक पूरा गरेकाले उनको कद कूटनीतिक क्षेत्रमा उँचो भएको पर्यवेक्षकहरू बताउँछन् ।सन् १९८८ मा उनले भारतका लागि नेपाली राजदूतको रूपमा सेवा गरिन्। यो पद सम्हाल्ने पहिलो नेपाली महिला राजदूतका रूपमा उनी चिनिन्छिन्। उनको विवाह डा. नारायण केशरी शाहसँग सन् १९६६ मा भएको थियो। उनका दुई छोरा अनिल केशरी शाह र स्वर्गीय उज्वल केशरी शाह हुन्। अनिल बैंकिङ क्षेत्रमा एक चर्चित  नाम हो।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij