Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय सम्पत्ति झन् थपिने चिन्ता

बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय सम्पत्ति झन् थपिने चिन्ता

  • काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय सम्पत्ति झन् थपिने चिन्ता बढेको छ ।नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय सस्थाहरूको निष्क्रिय सम्पत्ति (एनपीए) झन् बढ्ने देखिएको बताएका हुन् ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारण सभामा धारणा राख्दै पौडेलले कर्जा असुली प्रभावित भइरहेका कारण बैंकहरूको एनपीए झन् बढ्ने देखिएको बताए ।

    अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरूको ब्याज बाहेक अन्य आम्दानी कम रहेको बताउँदै उनले  भने ‘ अन्य देशका बैंकहरूको तुलनामा ब्याज बाहेकका सेवा शुल्क  नेपालका बैंकहरूको कम छ। यसकारण पनि बैंकहरूको आरओई कम हुँदै गएको देखिएको छ ,’ पौडेलले भने, ‘हाम्रा बैंकहरूको कुल आम्दानीमा ८० प्रतिशत ब्याज नै हो। अन्य मुलुकमा अन्य सेवा शुल्कको आम्दानी राम्रो हुन्छ।’

    चिन्ता व्यक्त गरेपनि पौडेलले  बैंकहरूले पु¥याएको योगदान बिर्सन नहुने पनि बताए । देशको जीडीपी बढ्नुमा बैकिङ क्षेत्र र निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। उनका अनुसार बैंकबाट कर्जा लिइसकेपछि कर्जा लिने व्यक्ति जिम्मेवार बन्नु पर्छ । 

    हालै निर्माण व्यवसायीहरूले सरकारले भुक्तानी नदिएकाले व्यवसायीहरूले ऋण र ब्याज तिर्न नसकेको बताएका छन् । राष्ट्र बैंकले दिएको मोहलत भित्र पनि सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी नगरेकोले सावा ब्याज भुक्तानी गर्न नसकिएको व्यवसायीहरूले तर्क गर्दै आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । यस सन्दर्भलाई जोडेर हेर्दा पौडेलको भनाइ आएको बुझिन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij