Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Sep 06 2025 | २०८२, भदौ २१गते

    कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो

    कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो

    • नयाँ सडक
    • शनिबार, पुस २० २०८१
  • 4.9k
    Shares
  • 4.9k
    Shares
  • कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो
    काठमाडौँ  ।आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ । यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा एक दशमलव ९५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ३१ प्रतिशतले वृद्धि भएको संशोधितअनुमान रहेको केन्द्रीय बैंकले जनाएको छ । सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट तयार पारिएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको हो । समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः आठ दशमलव ४८ प्रतिशत र दुई दशमलव १२ प्रतिशतले बढेको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः शुन्य दशमलव ९७ प्रतिशत, २८ दशमलव १६ प्रतिशत र ३३ दशमलव ३० र २३ दशमलव शुन्य एक प्रतिशतले घटेको छ ।
     
    त्यसैगरी, तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६ दशमलव ४० प्रतिशत र पाँच ९८ प्रतिशतले वृद्धि भएको छ । सो प्रदेशमा समग्र कृषि बालीको उत्पादन छ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२ दशमलव शुन्य चार प्रतिशत र शुन्य दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः सात दशमलव ६१ प्रतिशत, १९ दशमलव ८७ प्रतिशत, १८ दमलव ९८ प्रतिशत र आठ ४६ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा दुध उत्पादन सात दशमलव ८२ प्रतिशतले बढेको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः छ दशमलव ५८ प्रतिशत, तीन दशमलव ३४ र शुन्य दशमलव ९० प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको नौ दशमलव १२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा एक दशमलव ७१ प्रतिशतले घटेको छ यस प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८ दशमलव ५१ प्रतिशत रहेको छ ।
     
    प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत छ । समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा तीन दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको छ दशमलव ९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ । सो प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३ दशमलव ४९ प्रतिशत, १५ दशमलव ७७ प्रतिशत र २४ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३ दशमलव ९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । सो प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार सय ७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८ दशमलव ५० प्रतिशत छ । सो प्रदेशमा विद्युत प्रसारण लाईन दुई हजार चार सय १६ दशमलव ४७ सर्किट किलोमिटर पुगेको छ । समीक्षा वर्षसम्म सो प्रदेशमा १७ दशमलव ४१ मेगावाट विद्युत् उत्पादन भएको छ । –––

    प्रतिक्रिया दिनुहोस
    images
    images
    ताजा अपडेट
    • १

      चाडपर्व नजिकिँदै हवाई टिकटको भाउ आकाशियो, बुकिङ ४०% नाघ्दा काठमाडौं–धनगढी उडान १७ हजार
    • २

      एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने
    • ३

      रियलमी नोट ७० नेपाली बजारमा : शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र आकर्षक डिजाइन
    • ४

      पूर्वराष्ट्रपति भण्डारीबिनै एमाले विधान महाधिवेशन सुरु, ओली–भण्डारी सम्बन्ध र नेतृत्व विवाद ‘हट केक’
    • ५

      रिलायन्स, अदानी र मित्तल जस्ता भारतीय शीर्ष उद्योगमा अमेरिकी कर नीतिको असर, नेपालमा उद्योग विस्तार र लगानीको सम्भावना
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV