Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

साइन रेसुङ्गा डेभलपमेन्ट बैँकको सञ्चालक समिति र अध्यक्षको चयन

साइन रेसुङ्गा डेभलपमेन्ट बैँकको सञ्चालक समिति र अध्यक्षको चयन

  • काठमाडौँ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालक समिति र अध्यक्षको चयन गरिएको छ ।थानेश्वर पौडेललाई सञ्चालक समितिको अध्यक्ष चयन गरिएको सो बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमा उल्लेख गरिएको हो ।

    सो पत्र अनुसार तीन जना संस्थापक शेयर धनीहरूको तर्फबाट र तीन जना संस्थापक शेयरधनीहरूको तर्फबाट ६ जना निर्विरोध चयन भएका हुन् । यसरी संस्थापक शेयरधनीहरूको तर्फबाट निर्विरोध निर्वाचित हुनेहरूमा थानेश्वर पौडेल, ई. सुरज उप्रेती र वीरेन्द्र भुसाल रहेको छन् । यसैगरी  सर्वसाधारण शेयरधनीहरूको तर्फबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराई रहेका छन् । 

    १९ सम्पन्न साधारण सभाबाट उनीहरूलाई चयन गरिएको जनाइएको छ । नेपाल राष्ट्र बैंकबाट ख वर्गको बैंकको अनुमति प्राप्त साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत तथा  कम्पनीको सचिव प्रकाश पौडेलले पठाएको पत्रमा सञ्चालक समितिको ३०४ नम्बरको बैठकको एक नम्बरको निर्णयबाट थानेश्वर पौडेललाई अध्यक्षमा चयन गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij