Logo

Jan 08 2025 | २०८१, पुस २४गते

Jan 08 2025 | २०८१, पुस २४गते

images

आजदेखि  ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिने

आजदेखि  ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन सकिने

 

 

काठमाडौं । ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयरमा आज पुस २३ गते मंगलबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । 

उक्त हकप्रद सेयरको लागि यसले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । ङादी ग्रुपले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij