काठमाडौं । बुटवल पावर कम्पनीको साधारण सभा पुस २८ गते बोलाएको छ ।कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित)दिने निर्णय गरेको हो ।
आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभामा कम्पनीले थप सार्वजनिक निष्कासन अर्थात, एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij