ललितपुर। कल सेन्टरको नाममा जुवा खेलाएको पाइएपछि ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरिएको छ । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी०ले उनीहरूलाई पक्राउ गरिएको हो ।
सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक छन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij