काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रको सिगात्से सहरअन्तर्गत पर्ने डिंगी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यता, भूकम्पका कारण हालसम्म १३० जना घाइते भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण धेरै संरचनाहरु ध्वस्त भएका छन् । सो क्षेत्रमा अहिले पनि व्यापक खोज र उद्धार अभियान चलिरहेको छ ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७।१ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनले भने ६।८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij