Logo

May 11 2025 | २०८२, वैशाख २९गते

May 11 2025 | २०८२, वैशाख २९गते

images

लक्ष्मी सन् राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न,

लक्ष्मी सन् राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न,

  • काठमाडौं । आज पौष २४ गते लक्ष्मी सन् राइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भयो । साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । 

    साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

    आ.व. २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ । सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij