
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यसको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७६ करोडबाट बढेर ३ अर्ब ८१ करोड पुगेको छ ।खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । प्रतिसेयर आम्दानी २.१० रुपैयाँ रहेको कुमारीको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ रहेको छ । एनपीएल ६.९६ प्रतिशतमा पुगेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij