Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

माथिल्लो त्रिशुली प्रथम जलविद्युत आयोजनाद्वारा समुदायिक सहयोगमा १७ करोड खर्च

माथिल्लो त्रिशुली प्रथम जलविद्युत आयोजनाद्वारा समुदायिक सहयोगमा १७ करोड खर्च

  • काठमाडौँ । आयोजना प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले हालसम्म करिब १७ करोड रुपैयाँ बराबरको सामुदायिक सहयोग गरेको छ। रसुवामा निर्माणाधीन यो आयोजना २१६ मेगावाट क्षमताको हो।आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सामुदायिक सहयोग कार्यक्रम (एसएसपी), संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धि लगायतका कार्यक्रम मार्फत प्रभावित क्षेत्रमा सामुदायिक सहयोग गर्दै आएको छ ।
    कम्पनीका अनुसार कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध लगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायतका संरचनाहरू निर्माणाधीन छन्। उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो।कम्पनीले २०७२ सालको विनाकासकारी भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमो भूकम्प पीडितहरूलाई राहत सामग्री वितरण तथा अस्थायी अवास निर्माण, विद्यालय एवम् स्वास्थ्य संस्थाहरूको भवन निर्माण, हेलिकोप्टरमार्फत उद्धार, स्वास्थ्य शिविर लगायतका कार्यक्रम संचालन गरेको थियो।

    आयोजना प्रभावित आदिवासी जनजाति समुदायसँग स्वतन्त्र, अग्रिम, सुसूचित सहमति लागू गरिएको कम्पनीले बताएको छ। आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिवासी समुदाय योजना सञ्चालनमा ल्याएको छ।कम्पनीले जनाए  अनुसार उक्त योजनामार्फत समुदाय आफैंले छनोट गरेका कार्यक्रमहरू संचालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ। यसमार्फत हालसम्म साढे २ करोड रुपैयाँ खर्च भइसकेको छ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले जनाए अनुसार आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवम् जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर एसएसपी संचालन गरिएको छ । आयोजनाले स्थानीय बासिन्दाहरूको माग बमोजिम प्राथमिकताका आधारमा योजनाहरू छनोट गरी सहयोग कार्यक्रमहरू संचालन गरिरहेको छ ।  यसलाई निरन्तर रुपमा संचालन गरिने जनाइएको छ ।

    आयोजनाले हाकुबेंसीमा त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्न ७ करोड ८६ लाख १४ हजार रुपैयाँ खर्चिएको छ। स्थानीयहरूका अनुसार पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका १ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दा सडकको पहुँचमा पुगी मुख्य रुपमा सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौंतर्फ आवतजावत गर्न सजिलो भएको छ।
    कम्पनीका अनुार प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको छ। यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप ७० लाख रुपैयाँ खर्च गरिएको छ।

    प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामाग्रीलगायतका वितरण गरिएको छ। साथै, हाकुस्थित ३ वटा विद्यालय प्रत्येकलाई १÷१ जना शिक्षक सन् २०१८ देखि उपलब्ध गराइएको छ।आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको साँस्कृतिक रितिरिवाज संरक्षण र प्रवर्धनका लागि गुम्बा लगायतका भवन निर्माण र अन्य कार्यक्रमहरूमा पनि सहयोग गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij