Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक

नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक

  • काठमाडौँ  । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताउनुभयो ।
           
    “महिलालाई समान अधिकार दिन जरुरी छ, बुबा नागरिकता लिन जाँदा आमाको खोजी नहुने, आमा नागरिकता लिन जाँदा बुबाको खोजी हुने अवस्थालाई समानता भन्न सकिँदैन”, मन्त्री लेखकले भन्नुभयो, “नागरिकता प्राप्तिमा कसैलाई पनि विभेद नहोस्, लैङ्गिक समानताको सुनिश्चितता र नागरिकता वितरण प्रक्रियामा सहजीकरण होस् भनेर विधेयक ल्याइएको हो ।”
     
    विधेयक पारित भएपछि तत्काल आवश्यक नियमावली, मापदण्ड र कार्यविधि बनाइने जानकारी दिँदै उहाँले लैङ्गिक विभेद नहुने गरी नागरिकता वितरण गरिने विश्वास दिलाउनुभयो । 

    गृहमन्त्री लेखकले नीतिगत सुधार, सेवा प्रवाह, आर्थिक उन्नति र समृद्धि सरकारको प्राथमिकतामा रहेको भन्दै मौजुदा कानुनलाई सरल र सहज बनाउन आवश्यक सबै कानुन संशाधेन गर्दै लगिने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij