
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गर्न लागिएको हो ।
इच्छुक खरीदकर्ताहरुले आगामी १० दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij