Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ९.२५ प्रतिशत लाभांश वितरण गर्ने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ९.२५ प्रतिशत लाभांश वितरण गर्ने

  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    फागुन १२ गते अपरान्ह बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

    हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ । ६ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको बोनसपछि चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख ७८ हजार रुपैयाँ कायम हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij