Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

युनाइटेड इदी मर्दीको ४.२११ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

युनाइटेड इदी मर्दीको ४.२११ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

  •  

    काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो । , युनाइटेडले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन-१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij