
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ । कम्पनीले ऋण सुविधा लिने कार्यलाई पनि छलफल गरी पारित गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ ।
बुक क्लोजको आधारमा फागुन २९ गते होली पर्वको सार्वजनिक विदा परेकाले फागुन २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij