
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले लगातार दोस्रो वर्ष पनि लाभांश नपाउने भएका छन्। कम्पनीको शुक्रबारको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद र बोनस सहित कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij