Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ३३,१३७ कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ३३,१३७ कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने

  •  

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ३३,१३७ कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ। यसअघि गत पुस २२ गते विद्यमान संस्थापकहरूलाई मात्र ३५ दिने सूचना जारी गरिएको थियो, तर सो अवधिमा विक्री नहुँदा अब ती शेयरहरू सर्वसाधारणमा विक्री गर्न लागिएको हो।

    कम्पनीले प्रतिकित्ता २७५ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्री गर्नेछ। इच्छुक व्यक्ति र संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन्। आवेदन पेश गर्दा, आफूले खरीद गर्न चाहने शेयरको विवरणसहित आवेदन गर्नुपर्नेछ। आवेदन कम्पनीको केन्द्रिय कार्यालय, सुन्धारा, काठमाडौंमा पेश गर्नुपर्ने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij