Logo

Apr 07 2025 | २०८१, चैत २५गते

Apr 07 2025 | २०८१, चैत २५गते

images

सुनको मूल्यमा गिरावट कायमै ,आइतबार सुनको मूल्य प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण

सुनको मूल्यमा गिरावट कायमै ,आइतबार सुनको मूल्य प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण

  • काठमाडौं।  साताको पहिलो दिन आइतबार सुनको मूल्य  तोलामा १ हजार ९०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य लगातार घट्न थालेको छ।

    यसअघि गत शुक्रबार सुन ३ हजार ९ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ७६ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो।

    चाँदी ७० रुपैयाँ घटेको छ। आइतबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। यसअघि २५ रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ७० रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। आइतबार सुन प्रतिऔंस ३०३७.६५ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस २९.६२ डलर छ। गत शुक्रबार सुन प्रति औंस ३१०३.९१ डलर र चाँदी प्रति औंस ३१.५४ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij