Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

नेपालमा  ९ महिनामा ६७६ विदेशीलाई श्रम स्वीकृति

नेपालमा  ९ महिनामा ६७६ विदेशीलाई श्रम स्वीकृति

  •  काठमाडौँ । नेपालमा काम गर्न   ९ महिनामा ६७६ विदेशीलाई श्रम स्वीकृति दिइएको छ ।चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (साउन–चैत) सम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चैतमा मात्र ९० विदेशीलाई  श्रम स्वीकृति प्राप्त भएको देखिन्छ । नेपालबाट हरेक दिन २ हजार २ सय जति युवा वैदेशिक रोजगारीमा जाने गरेको देखिएको बेला नेपालमा भने विदेशी परियोजनामा बढी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेका छन् ।

    नेपालमा काम गर्न श्रम स्वीकृति लिनेहरूमा चिनियाँ धेरै छन् । तथ्यांक अनुसार चैतसम्म १ हजार २ सय ३१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । चैतमा मात्र १ सय ५० श्रमिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागले दर्शाएको छ । 

    सो अवधिमा प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको बारे २८ वटा अनुगमन गरिएको छ । चैतमा मात्र २ वटा अनुगमन गरिएको विभागले जनाएको छ ।विभागले यस वर्ष ९ महिना अवधिमा श्रमिक आपूर्तिकर्ता इजाजतपत्र ४२ कम्पनीलाई प्रदान गरेको छ । ३ सय ४५ कम्पनीमा निरीक्षण भएको विभागले जनाएको छ ।

    जनाइए अनुसार बालश्रमबारे २ हजार ५ सय ५५ वटा निरीक्षण गरिएको छ । श्रम कानुन पालना भए–नभएको बारे २ हजार ५ सय ८३ वटा निरीक्षण गरिएको समेत विभागले जनाएको छ । यस अवधिमा ३ सय ६२ वटा श्रम विवाद समाधान गरिएको छ । यसैगरी  २९ जना औद्योगिक दुर्घटनामा परेको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij