Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

९ महिनामा विभिन्न देशबाट कच्चा पाम आयल २ करोड ९० लाख लिटर आयात, थाइल्याण्डबाट ६ गुना बढी

९ महिनामा विभिन्न देशबाट कच्चा पाम आयल २ करोड ९० लाख लिटर आयात, थाइल्याण्डबाट ६ गुना बढी

  • काठमाडौँ । चालु आवको ९ महिनामा कच्चा पाम आयलको निर्यात २ करोड ९० लाख ४५ हजार ४ सय ६० लिटर आयात भएको छ ।गत आवको तुलनामा थाल्याण्डबाट ६ गुना बढी कच्चा पाम आयल आयात गरिएको हो ।चालु आर्थिक वर्ष २०८१÷८२को  चैत मसान्तसम्मको ९ महिनामा तीन देशबाट कच्चा पाम आयल आयात गरिएको छ । इन्डोनेसिया, मलेसिया र थाइल्याण्डबाट आयात गरिएको हो । इन्डोनेसियाबाट १ करोड ६३ लाख ४० हजार ३ सय ४१ लिटर आयात गरिएको छ ।मलेसियाबाट २६ लाख ८५ हजार ३ सय लिटर आयात गरिएको छ । थाइल्याण्डबाट १ करोड १९ हजार ८ सय १९ लिटर आयात गरिएको छ ।

    गत आवको अन्त्यसम्म थाइल्याण्डबाट १६ लाख ५४ हजार ७ सय ५८ लिटर आयात गरिएको थियो ।चालु आवमा आयात गरिएका पाम आयलहरूमा तुलनात्मकरूपमा थाल्याण्डबाट आयात गरिएको पाम आयल इन्डोनेसिया र मलेसियाबाट आयात गरिएको भन्दा सस्तो रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार थाल्याण्डबाट आयात गरिएको पाम आयलको प्रतिलिटर आयात मूल्य १३० रुपैया  बढी तोकिएको छ भने मलेसिया र इन्डोनेसियाबाट आयात गरिएका पाम आयलको तेलको मूल्य प्रति लिटर १४० रुपैयाँ बढीआयात मूल्य तोकिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij