Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सुनको मूल्य हालसम्मकै उच्च, सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० मंगलबार कायम

सुनको मूल्य हालसम्मकै उच्च, सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० मंगलबार कायम

  • काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij