
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड २६ लाख रुपैयाँको खुद घाटामा पुगेको छ। गत वर्षको सोही अवधिमा बैंक ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो, जुन यस वर्ष झनै बढेको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी ८१.१४% ले घटेर १२ लाख २० हजार रुपैयाँमा झरेको छ, जबकि गत वर्ष यस अवधिमा ६४ लाख ६९ हजार रुपैयाँ आम्दानी भएको थियो। यसले बैंकको आम्दानी संरचनामा गम्भीर कमजोरी आएको देखाउँछ।
चैत मसान्तसम्म बैंकको सञ्चालन नोक्सानी १३ लाख ३० हजार रुपैयाँ पुगेको छ। चुक्ता पुँजी २६ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ रहेको छ। तर, प्रति शेयर आम्दानी नकारात्मक ४.८३ रुपैयाँ रहेको छ।
बैंकको प्रति शेयर नेटवर्थ १८.६२ रुपैयाँ छ, जुन तुलनात्मक रूपमा न्यून मानिन्छ। थप चिन्ताजनक कुरा के छ भने बैंकको गैर(सञ्चलनयोग्य कर्जा ४४.९६% पुगेको छ। यो अत्यधिक एनपीएलले बैंकको सम्पूर्ण वित्तीय सूचकहरूमा गम्भीर दबाब सिर्जना गरिरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij