Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

भारतीय मन्त्री खट्टरले गरे अरुण तेस्रोको स्थगलत भ्रमण

भारतीय मन्त्री खट्टरले गरे अरुण तेस्रोको स्थगलत भ्रमण

  • संखुवासभा ।  भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरले नेपालको समृद्धि ऊर्जा क्षेत्रबाट गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने क्रममा विद्युत् मन्त्री खट्टरले नेपाल जलविद्युत् क्षेत्रमा अपार सम्भावना रहेको भन्दै  यस्तो बताएका हुन् ।  उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले निर्माणमा तीव्रता दिनुपर्नेमा बताए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको पनि उनले विश्वास दिलाए ।

    ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका मन्त्री खट्टरले संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका हुन्। भारतीय लगानीमा निर्माण भइरहेको उक्त आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गरिएको थियो।

    स्थलगत भ्रमणको अवसरमा दुवै मन्त्रीले आयोजनाको ‘युनिट–२’ संयुक्त रूपमा उद्घाटन गरे।ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए। 

    संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सीमानामा निर्माणाधीन अरुण तेस्रो ९०० मेगावाट क्षमताको आयोजना हो। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७५ साल वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। करिब एक खर्ब चार अर्ब रुपैयाँ लागतमा निर्माण हुने यो आयोजना भारतीय सतलज हाईड्रोपावर कम्पनीले निर्माण गर्दैछ।अवलोकन भ्रमणपछि  दुवै मन्त्री  नेपाली सेनाको हेलिकप्टरमार्फत राजधानी फर्किएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij