Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव

युक्रेन अग्रिम मोर्चा रोक्ने पुटिनको प्रस्ताव

  •  

    लन्डन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको द्वन्द्व अन्त्य गर्ने आफ्नो वाचा पूरा गर्न खोजिरहनुभएको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान अग्रिम मोर्चामा युक्रेनमा रुसको आक्रमण रोक्न प्रस्ताव गर्नुभएको फाइनान्सियल टाइम्स ९एफटी० ले मङ्गलबार रिपोर्ट गरेको छ । 

     

    ‘यस मामिलासँग परिचित व्यक्तिहरू’ लाई उद्धृत गर्ने एफटीका अनुसार पुटिनले यस महिनाको सुरुमा सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकफसँगको बैठकमा यो प्रस्ताव राख्नुभएको थियो ।

     

    यो लेख त्यस समयमा आएको छ जतिबेला पश्चिमी र युक्रेनी कूटनीतिज्ञहरू तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको द्वन्द्वमा सम्भावित समझौताबारे छलफल गर्न लन्डनमा भेला हुने अपेक्षा गरिएको थियो, साथै वार्तामा के कुरा राखिएको छ भन्ने बारे मिडियामा अनुमान गरिएको थियो ।

     

    रुसी राष्ट्रपति पुटिनले रुसद्वारा आंशिक रूपमा कब्जा गरेका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाका केही भागमा मस्कोको दाबी फिर्ता लिन इच्छुक हुनेभएको एफटीले जनाएको छ ।

     

    वित्तीय दैनिकका अनुसार बदलामा संयुक्त राज्य अमेरिकाले रुसका अन्य प्रमुख मागहरू स्वीकार गर्न सक्छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्रिमियन प्रायद्वीपमाथि उसको सार्वभौमिकतालाई मान्यता र युक्रेनलाई नाटोमा सामेल हुनबाट रोक्ने कुरा समावेश छ ।

     

    क्रेमलिनले यी दाबीहरूलाई अस्वीकार गरेको देखिन्छ ।

     

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य समाचार एजेन्सी आरआइए नोभोस्तीलाई भन्नुभयो, “यस समयमा सम्मानित प्रकाशनहरू सहित धेरै नक्कली प्रकाशित भइरहेका छन्, त्यसैले तपाईंले प्राथमिक स्रोतहरू मात्र सुन्नुपर्छ ।”

     

    किएभ र यसका युरोपेली सहयोगीहरूले युक्रेनको सन् २०१४ अघिको सीमाहरूको पूर्ण पुनःस्थापनाको माग गरेका छन् । यसलाई अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ‘अवास्तविक’ भन्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij