
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा गत आवको तुलनामा ७ गुना बढी कच्चा तेल आयात भएको छ । चालु आवको ९ महिनामा अर्जेन्टिनाबाट एक्लै गत आवको तुलनामा ५ गुना कच्चा सोयाबिन तेल आयात भएको हो ।चालु आव २०८१/८२को ९ महिना कुल कच्चा सोयाबिन तेल ४३ करोड ६० लाख ६१ हजार ७ सय ७७ लिटर आयात भएको छ ।
गत आव २०८०/८१मा कुल कच्चा तेल ६ करोड ५१ लख ४३ हजार १ सय १६ लिटर आयात भएको छ ।चालु आवको ९ महिनामा ३३ करोड ५७ लाख १३ हजार ६ सय ९६ लिटर कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात गरिएको छ । यसैगरी बेनिनबाट ३१ लख ४६ हजार ८ सय ४५ लिटर , ब्राजिलबाट ४ करोड ७९ लाख ५० हजार ६ सय ४३ लिटर, चीनबाट ६० लाख २४ हजार १ सय ११ लिटर, इराकबाट १ करोड २४ लाख ३५ हजार ९ सय १६ लिटर , पराग्वेबाट २३ लाख ४८ हजार ९ सय ४ लिटर, थाइल्याण्डबाट १ करोड ६५ लाख २७ हजार ५९ लिटर, टोगोबाट १० लाख १० हजार ३५ लिटर र युक्रेनबाबट १ करोड ९ लाख ४ हजार ५ सय ६८ लिटर कच्चा सोयाबिन तेल आयात गरिएको भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
विभागको गत आवको प्रतिवेदन अनुसार साउनदेखि असार मसान्तसम्म अर्जेन्टिनाबाट ५ करोड २० लाख ८६हजार, बेनिनबाट ११ लाख १२ हजार ९ सय ४ , भारतबाट २० हजार १६, इन्डोनेसियाबाट ७७ ,इराकबाट ५३ लाख १५ हजार ६ सय ८८, पराग्वेबाट २७ लाख ८१ हजार ५ सय ४३, थाइल्याण्डबाट १६ लाख ७१ हजार ८ सय ९०,युक्रेनबाट ८ लाख १३ हजार ६ सय ५०, संयुक्त राज्य अमेरिका(यूएस)बाट ५ लाख २३ हजार४ सय ४६ र भिएतनामबाट ८ लाख १७ हजार ८ सय ८६ लिटर कच्चा सोयाबिन तेल आयात भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij