Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा १ लाख २० हजार जरिवाना, अन्यलाई कागजातसहित आउन आदेश

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा १ लाख २० हजार जरिवाना, अन्यलाई कागजातसहित आउन आदेश

  • काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ उद्योगलाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।विभागले नियमित अनुगमन अन्तर्गत ११ उद्योग तथा फर्म अनुगमन गर्दा २ उद्योग तथा फर्मलाई उक्त जरिवाना तिराएको  जनाएको हो ।

    अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२७ को सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई १ लाख रुपैयाँ र ललितपुर महानगरपालिका–१३ को नवीना सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।सन इन्टरनेसनलले डेरी प्रडक्टहरूमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उक्त जरिवाना गरेको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) को कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम तथा नवीना सप्लायर्सले अनुगमनमा सहयोग नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ड) को कसुर र सोही ऐनको दफा ३९ को १ (ङ) बमोजिम कारबाही गरिएको विभागले यस्तो कारबाही गरिएको जनाएको छ ।

    यसैगरी  विभागले अनुगमन गरेकामध्ये ११ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिएको छ । विभागले गत मंगलबार पनि ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij