Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

अरुण भ्याली हाइड्रोपावरको नाफामा ठूलो वृद्धि, ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ

अरुण भ्याली हाइड्रोपावरको नाफामा ठूलो वृद्धि, ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ

  • काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावरले खुद नाफामा ठूलो वृद्धि देखाएको छ। कम्पनीको खुद नाफा ५७९९.८७ प्रतिशतको वृद्धिसँग ३४ करोड १८ लाख रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफामा भएको यो सुधार विद्युत् बिक्रीबाट भएको आम्दानीमा वृद्धि र कम्पनीका खर्च घट्नबाट भएको हो। यस अवधिमा विद्युत् बिक्रीबाट आम्दानी २२८.२४७ प्रतिशतको वृद्धि भएर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६ करोड १ लाख रुपैयाँको तुलनामा निकै बढी हो।

    त्यसैगरी, कम्पनीको वित्तीय खर्च पनि घटेर २१ करोड ८३ लाख रुपैयाँबाट १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी (EPS) ११ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij