Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

गणितको जादु : “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

गणितको जादु : “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

  • काठमाडौँ : यहि वैशाख २७ गते (१० मे, २०२५) शनिबार, इम्बार्क कलेज पुल्चोक ललितपुरमा “अनम्याथ म्याथ टक” कार्यक्रम हुने भएको छ । मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन “अनम्याथ म्याथ टक” कार्यक्रमको आयोजना गर्ने भएका हुन । यस नवीन कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवहरूमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणहरूलाई चुनौती दिने छ ।

    यस कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजाले गर्ने छन् । बठीजा अनम्याथ स्कूलका सह–संस्थापक समेत हुन, उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौं युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ ।

    शिक्षाविद् दिवेश बठीजाका अनुसार “गणित भनेको कण्ठस्थ गर्ने विषय होईन, यो त खोजको विषय हो” । “जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्नेकुरा थाहा पाउँछन तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ ।”

    कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म चल्नेछ । कार्यक्रममा सहभागीहरूले विभिन्न गतिविधिहरुमा आफैँ प्रत्यक्ष रुपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव गर्नेछन्–जसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउनेछ । त्यस्तै गणितसँग सम्बन्धित बहसहरूले जीवन्त बनाउने छ भने गणितप्रति विद्यार्थीहरुको आलोचनात्मक सोचलाई अझै तीखो बनाउँछ साथै कार्यक्रममा कथा सुनाउने सत्रहरूले गणितीय अवधारणाहरू पछाडिका रोचक इतिहासलाई समेत प्रकट गर्नेछ ।

    यो विशेष र अनौठो कार्यक्रम भएकोले सिट सीमित छ । अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आफ्ना बालबालिका र विद्यार्थीहरूलाई चाँडै आफ्नो नाम दर्ता गर्न अनुरोध पनि गरिएको छ ।mentorlabnepal.com/unmath-mathtalk गएर अनलाइनमार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ वा +९७७ ९८०–१११८६८९ मा फोन गरेर पनि नाम दर्ता गर्ने सेवा उपलब्ध रहेको छ । सहभागिता सुनिश्चित गर्न, प्रति सहभागी रु. ९९ मात्र प्रवेश शुल्क राखेको आयोजकले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij