Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

तोलामा तीन हजार पाँच सयले घटेर सुनको मूल्य आज प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँ कायम

तोलामा तीन हजार पाँच सयले घटेर सुनको मूल्य आज प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँ कायम

  • काठमाडौँ। बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८१ हजार ८०० कायम भएको छ ।

    त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९२५ मा बेचबिखन भइरहेको छ । बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij