
काठमाडौं । आज नेपालमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको मूल्यसँग मेल खाइरहेको छ।
यसैगरी, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ १९ सय ४५ रुपैयाँ प्रतितोला थियो।
अन्तर्राष्ट्रिय बजारमा, आज सुनको मूल्य प्रतिऔंस ३,२१६.८३ डलर र चाँदीको मूल्य ३२.२१ डलरमा कारोबार भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij