Logo

Jun 05 2025 | २०८२, जेठ २२गते

Jun 05 2025 | २०८२, जेठ २२गते

images

सुनको भाउ तोलामा १ हजारले उकालो, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको भाउ तोलामा १ हजारले उकालो, चाँदीको मूल्यमा पनि वृद्धि

  • काठमाडौं । सुनको मूल्यमा फेरि एकपटक तीव्र वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ।

    यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ, जुन आइतबार १ हजार ९८५ रुपैयाँ थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij