Logo

Sep 02 2025 | २०८२, भदौ १७गते

Sep 02 2025 | २०८२, भदौ १७गते

images

ट्रेड टावर लिमिटेडको आईपीओमा २.५७ अर्ब रुपैयाँभन्दा बढीको आवेदन, मागभन्दा ७.८२ गुणा बढी

ट्रेड टावर लिमिटेडको आईपीओमा २.५७ अर्ब रुपैयाँभन्दा बढीको आवेदन, मागभन्दा ७.८२ गुणा बढी

  •  

    काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासनमा सर्वसाधारणबाट अत्यधिक उत्साह देखिएको छ। कम्पनीको आईपीओमा २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार मंगलबार ९जेठ २० गते० साँझ ५:०६ बजेसम्म २१ लाख ६९ हजार ८९१ आवेदकले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

    कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो। यो आधारमा हेर्दा, मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको हो, जसले लगानीकर्ताहरूको उच्च चासो झल्काउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij