
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij