Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

"हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक सभा असार १० मा, ८% नगद लाभांश प्रस्ताव"

"हिमालयन लाइफ इन्सुरेन्सको वार्षिक सभा असार १० मा, ८% नगद लाभांश प्रस्ताव"

  • काठमाडौं। हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आगामी असार १० गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। यो सभा नक्सालको भाटभटेनीस्थित थिरबम सडकमा रहेको आम्रपाली ब्यांकेटमा विहान १०:३० बजे सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

    सभामा आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरणमाथि छलफल गरिनेछ भने २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव समेत सभाको एजेन्डामा समावेश गरिएको छ।

    साधारण सभाका लागि कम्पनीले जेठ २८ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, जेठ २७ गतेसम्म कम्पनीको सेयर धनी रहेकाहरू मात्र यस सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij