Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट, संस्थापक र सर्वसाधारण तर्फको अन्तिम मूल्य निर्धारण

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट, संस्थापक र सर्वसाधारण तर्फको अन्तिम मूल्य निर्धारण

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत विक्री गरिएको अवितरित हकप्रद शेयर जेठ २८ गते बाँडफाँट गरेको छ। लिलामीमा कूल १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर विक्री खुला गरिएको थियो, जसमा सर्वसाधारण तर्फको लकइन अवधिमा रहेको ९३ हजार ६२९ कित्ता शेयर भने विक्री हुन सकेन।

    कम्पनीले यसअघि १स्१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएका संस्थापक तर्फका १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण तर्फका लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता र लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा ल्याएको थियो। बाँकी रहेका लकइन शेयर असार ७ गतेपछि फुकुवा हुने छन्।

    प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस लिलामीमा, अन्तिम बाँडफाँट मूल्य संस्थापक तर्फको प्रतिकित्ता २६५ रुपैयाँ र सर्वसाधारण तर्फको २७० रुपैयाँ कायम गरिएको छ। बाँडफाँटमा समावेश हुन नसकेका लगानीकर्ताहरूको रकम कम्पनीले जेठ ३० गतेदेखि रकमान्तर गर्ने जनाएको छ।

    हकप्रद शेयर निष्कासन तथा विक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेड ले लिएको थियो।

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेकोमा, यस लिलामीमार्फत बाँडफाँट गरिएको शेयर पश्चात् पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँमा वृद्धि भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij