Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार १ बजे

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार १ बजे

  • काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। बैठक सुरू भएलगत्तै विपक्षी सांसदहरू उभिएर विरोधमा उत्रिएपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम फिर्ता लिई बैठक स्थगित गरेका हुन्। अब प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

    सभामुख घिमिरेले सदनमा दलहरूलाई बोल्ने अवसर दिने र संसदको कार्यसूची अघि बढाउने वातावरण बनाउन आग्रह गरे पनि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन चल्न दिएनन्। उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग पनि दोहोर्‍याएका थिए। विपक्षीको निरन्तरको अडानका कारण संसद् कार्यवाही अघि बढ्न नसकेपछि बैठक स्थगन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij