Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

कस्मेटिक बजारमा लोकप्रिय ट्रुमी ट्रुडर्माको हेटौडामा ब्युटिसियन ट्रेनिङ र सेमिनार सम्पन्न

कस्मेटिक बजारमा लोकप्रिय ट्रुमी ट्रुडर्माको हेटौडामा ब्युटिसियन ट्रेनिङ र सेमिनार सम्पन्न

  • हेटौडा । छोटो समयमै  कस्मेटिक बजारमा लोकप्रिय बन्दै गरेको ट्रुमी ब्रान्डले बागमती प्रदेशको राजधानी हेटौडामा ब्युटिसियन ट्रेनिङ तथा सेमिनार कार्यक्रमको आयोजना गरेको छ ।हेटौडाका  ब्युटिपार्लर व्यवसायी तथा कस्मेटिक व्यवसायीलाई  लक्षित गरि एक दिने ट्रेनिङ तथा सेमिनार कार्यक्रम गरेको हो । कार्यक्रममा ट्रुमी ब्राण्डका विभिन्न कस्मेटिक तथा पार्लरमा प्रयोग हुने सामग्रीहरूको प्रदर्शन तथा अनुभव साटासाट गरिएको थियो ।

    true.jpg
    ट्रु मी ब्राण्डका अध्यक्ष सुशान्त मुरारकाको  अध्यक्षता तथा नायिका केकी अधिकारीको प्रमुख आतिथ्यतामा हेटौडामा पहिलो पटक यस्तो सेमिनार सम्पन्न भयो ।कार्यक्रममा कम्पनीले उत्पादन गरेका तथा पार्लरमा प्रयोग हुने सामाग्रीहरुको प्रदर्शनी, प्रयोग गरिने विधि तथा तरिकाको प्रदर्शनी गरिएको थियो । उक्त ब्राण्डका गण्डकी प्रदेश ब्राण्ड एम्बस्डर  एंव वरिष्ठ सौन्दर्यकर्मी चिनु गुरुङले आफ्नो अनुभव सुनाएकी थिइन्।

    गुरुङले बजारमा अवस्थ प्रतिस्पर्धा रहेकोले त्यसबाट आफैलाई घाटा हुने अनुभव सुनाउँदै अनुशासन अनुसार काम गर्नुपर्ने बताइन् ।
    प्रोडक्ट एउटै भएपनि शुल्क फरक रहन सक्ने बताउँदै उनले अन्य सेवा सुविधा हेरेर सोही अनुरुप निर्धक्क भएको यस ब्राण्डका उत्पादित सामाग्री प्रयोग गर्न आग्रह गरिन् । 

    ट्रेनिङ तथा सेमिनार कार्यक्रममा हाइलाइट प्लस कलर, केराटिन, नानो प्लास्ट, कपालको ट्रिटमेन्ट लगायतको विधिप्रक्रियाबारे जानकारी दिइएके थियो । ट्रुमी ब्राण्डका कस्मेटिक सामानहरू छोटो समयमै नेपाली बजारमा लोकप्रिय हुँदै गएका छन् ।
     
    कार्यक्रममा  सौन्दर्यकर्मी संघको केन्द्रीय अध्यक्ष अस्मिता श्रेष्ठ, कस्मेटिक व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजदेव बानियाँ, नेपाल ब्युटिसियन संघका पदाधिकारी, सौन्दर्यसँग जोडिएका विभिन्न संगठनका अध्यक्ष एंव प्रतिनिधिहरु, ट्रुमी , ट्रु डर्मा र ट्रु स्किन ब्राण्डका  हेटौडाका लागि आधिकारिक बिक्रेता गोदा सप्लार्यसका प्रवन्धक माया पाठक लगायतको सहभागिता थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij