Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

विन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी शेयर असार ३ गतेदेखि कारोबारयोग्य

विन्ध्यवासिनी हाइड्रोपावरको ९६ लाखभन्दा बढी शेयर असार ३ गतेदेखि कारोबारयोग्य

  •  

    काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयर अब असार ३ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार गर्न सकिने भएको छ।

    तीन वर्षको लकइन अवधि पूरा भएपछि कम्पनीका संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयतर्फका शेयरधनीहरुले अब आफ्नो स्वामित्वमा रहेको शेयर खरिद(बिक्री गर्न सक्नेछन्। कम्पनीले २०७९ सालको असार ३ गते आईपीओ बाँडफाँट गरेको थियो, र सोही मितिबाट सुरु भएको लकइन अवधि २०८२ साल असार २ गते सम्पन्न भएको हो।

    कम्पनीको संस्थापक समुहका ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीतर्फका ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयतर्फका ११ लाख २९ हजार ८०० कित्ता शेयर लकइनमा रहेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij