Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

चितवनका किसानलाई प्याजको उचित मूल्य नपाउँदा सस्तोमा बेच्न बाध्य

चितवनका किसानलाई प्याजको उचित मूल्य नपाउँदा सस्तोमा बेच्न बाध्य

  • चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा व्यावसायिक रूपमा उत्पादन गरिएको प्याजले बजारमा उचित मूल्य नपाउँदा किसानहरू चिन्तित छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा प्याज खेती विस्तार गरिएको थियो।

    भरतपुर–२१ का किसान बाबुराम धमलाले १६ कट्ठा जमिनमा लगाएको प्याजबाट करिब १८ क्विन्टल उत्पादन भए पनि बजारमा मूल्य नपाएको गुनासो गरे। उनले भने, “प्रतिकिलो रु २५ भन्दा कममा व्यापारीले लिन खोज्छन्, लागतसमेत नउठ्ने भएकाले अहिले बिक्री नगरी बोरामा राखेर बसेको छु।”

    त्यसैगरी, भरतपुर–२५ की गीता रानाभाटले पनि प्याजको उचित मूल्य नपाएकाले रु २०–३० प्रतिकिलोमै बिक्री गर्नुपरेको बताइन्। “भण्डारणको उचित सुविधा नभएकाले सस्तोमा बेचन बाध्य भयौं,” उनले भनिन्।

    कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी रविकिरण अधिकारीका अनुसार, जिल्लामा १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ। तर, आयातित प्याजको तुलनामा यहाँको प्याज सानो, फुस्रो र कम आकर्षक भएकाले बजारमा माग घटेको छ। “नेपाली प्याज व्यापारीले लिँदैनन्, भण्डारण नगरे समयमै कुहिने समस्या देखिन्छ,” उनले भने।

    उनका अनुसार, आगामी वर्षका लागि प्याजको भण्डारण र बजारीकरणमा सुधार ल्याउने गरी कार्यक्रम बनाउने तयारी भइरहेको छ। अहिले देखिएको समस्यालाई दीर्घकालीन समाधान दिन, भण्डारण प्रविधि र मूल्य स्थायीत्वमा जोड दिनुपर्ने आवाज उठ्न थालेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij