
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (असार ८ गते) देखि ७ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij