Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

ग्रामीण विकास लघुवित्तको १०औं वार्षिक साधारण सभा असार २८ गते, मर्जर प्रस्ताव पनि स्वीकृत गर्ने

ग्रामीण विकास लघुवित्तको १०औं वार्षिक साधारण सभा असार २८ गते, मर्जर प्रस्ताव पनि स्वीकृत गर्ने

  •  

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २८ गते आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले, केन्द्रीय कार्यालय बुटवलबाट भर्चुअल माध्यमद्वारा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

    सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावमा निर्णय लिइनेछ।

    त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पनि सभाबाट स्वीकृत गरिनेछ। दुवै कम्पनी समान अनुपातमा मर्जरमा जान लागेका हुन्। मर्जरपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ कायम हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गरिनेछ।

    मर्जर कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई जिम्मा दिने निर्णय पनि सभाले गर्नेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij