
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले बढेको छ । यससँगै सूचक २५९८.६२ अंकमा आएको छ । २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको ५४ हजार ३० कित्ता सेयर कारोबार भएको छ । कुल ८९ वटा कारोबार भएको छ । यो सेसनमा १९ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij