Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ९.९४ लाख संस्थापक सेयर बिक्रीमा, आवेदन दिने समय ३५ दिन

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ९.९४ लाख संस्थापक सेयर बिक्रीमा, आवेदन दिने समय ३५ दिन

  • काठमाडौं।सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ९४ हजार ६२२ कित्ता सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले हालका अन्य संस्थापक सेयरधनीलाई आवेदन दिनका लागि असार १० गतेदेखि ३५ दिनको समय दिएको छ।सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको प्रधान कार्यालय, बबरमहल हनुमानस्थान, काठमाडौंमा उपस्थित भई आवेदन दिनुपर्नेछ। सेयर मूल्य बिक्रेताले तोकेको मूल्य अनुसार हुने कम्पनीले जनाएको छ।यदि तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीको सूचना मार्फत जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij