
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य आज पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेर १ लाख ९२ हजार ३ सय रुपैयाँमा झरेको छ।
मंगलबार पनि सुनको मूल्यमा प्रतितोला १ हजार ७ सय रुपैयाँको गिरावट आएको थियो। दुई दिनको अन्तरमा सुन प्रतितोला ३२ सय रुपैयाँले सस्तो भएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। मंगलबार प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर २ हजार १ सय ४० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा, आज सुनको मूल्य प्रतिऔंस ३,३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। वैश्विक बजारको मूल्य घटबढले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij