Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

गभर्नर पौडेलको करोडौँको सेयर लगानी, श्रीमतीको नाममा सम्पत्ति र गहना

गभर्नर पौडेलको करोडौँको सेयर लगानी, श्रीमतीको नाममा सम्पत्ति र गहना

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले करिब साढे १५ लाख कित्ता सेयर तथा ऋणपत्रमा लगानी गरेका छन्, जुन हालको मूल्यअनुसार १४ करोड रुपैयाँभन्दा बढीको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनले आफ्नै नाममा र श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न ७ वटा कम्पनीमा लगानी गरेका हुन्।

    उहाँले उल्लेख गरेका सेयरमध्ये सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सेयरबाहेक अन्य सबै प्रवर्द्धक सेयर हुन्। यी सम्पत्ति स्वआर्जन र पैतृक स्रोतबाट आर्जन गरिएको विवरणमा उल्लेख छ।

    श्रीमती शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासीको गैंडाकोटमा एक/एकवटा घर तथा जग्गा रहेको छ। साथै, उहाँसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरका हिराका गहनासमेत छन्। हालको बजार मूल्यअनुसार उक्त सुनको मूल्य करिब ८७ लाख रुपैयाँ हुन्छ।

    त्यस्तै, गभर्नर पौडेल र उनकी श्रीमतीको संयुक्त नाममा ६ वटा वित्तीय संस्थामा करिब २७ लाख रुपैयाँ बराबरको नगद निक्षेप रहेको छ। तीमध्ये दुई वटा विदेशी मुद्रा (डलर) खाता पनि छन्।

    अर्कोतर्फ, श्रीमती प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ मूल्यको एउटा सुजुकी ब्रान्डको सवारीसाधन रहेको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij